

१४ माघ, काठमाडौं –
ब्राजिलमा बन्दुकधारीले एक नाइट क्लबमा हमला गर्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा नाबालिक समेत छन् । घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ । तीनवटा कारमा चढेर आएका आक्रमणकारीले फोरटालेजा नजिकको फोर्रो डो नाइटक्लबलाई निशाना बनाएका थिए ।
स्थानीय सञ्चार माध्यमहरुका अनुसार आक्रमणकारी लागूऔषध तस्करी समूहसँग सम्वन्धित छन् । गत वर्ष सीएरा प्रान्तमा ५ हजार ११४ जनाको हत्या भएको थियो जुन २०१६ को तुलनामा ५० प्रतिशत बढी हो ।
२०७४ माघ १४ गते प्रकाशित