

१४ माघ, काठमाडौं –
चर्चित नेपाली युवा स्ट्राइकर विमल घर्ती मगर भारतीय आइ लिग क्लब मोहन बगानसँग आबद्ध भएका छन्।
विमल अब थ्री स्टारको टोलीसँग पोखराको आहा–रारा गोल्डकपका नखेली भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ। उनी सोमबारदेखि प्रशिक्षणमा संलग्न हुने भएका छन् ।
थ्री स्टारसँग आबद्ध भएर टोलीलाई इटहरी गोल्डकप जिताउन महत्वपूर्ण भूमिका निभाएका मगरले यस सिजनको अन्त्यसम्म मोहन बगानसँग सम्झौता गरेका हुन्कलकत्ताको मोहनबगान अहिले ११ खेलबाट १७ अंकसहित तालिकाको चौथो स्थानमा छ ।
अब विमलले बाँकी सिजन मोहनबगानबाट खेल्नेछन् । आई लिग मार्चसम्म चल्नेछ । यसअघि विमलले युरोपका केही क्लबहरुसँग ट्रायल पनि दिएका थिए ।
२०७४ माघ १४ गते प्रकाशित