Tue. Mar 11th, 2025

एक्लाएक्लै एकता वार्ताः ओली प्रधानमन्त्री, दाहाललाई अध्यक्ष !


१४ माघ, काठमाडौं –

पार्टी एकताको ‘निर्णायक’ छलफलमा रहेका एमाले९माओवादी केन्द्र दुवै पार्टीका अध्यक्ष आ९आफ्नै रणनीतिमा देखिएका छन्। शुक्रबार बेलुका दुई अध्यक्षबीच भएको ‘गोप्य वार्ता’ पनि एक–अर्कालाई मनाउने रणनीतिका कारण निष्कर्षमा पुग्न सकेन।

सरकार पहिले कि पार्टी एकता र दुई पार्टी अध्यक्षको पदीय व्यवस्थापनसम्बन्धमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल टुंगोमा नपुगेपछि शुक्रबारको बैठक पनि निष्कर्षविहीन भएको माओवादी उच्च स्रोतले बतायो। ओली९दाहाल शुक्रबार सुवास नेम्बाङ र रामबहादुर थापासँग बालकोटमा सामूहिक छलफल गरेपछि त्यहाँबाट बाहिरिएर ‘गोप्य वार्ता’ मा बसेका थिए। भक्तपुरस्थित एक व्यापारीको घरमा ओली–दाहालबीच अढाई घन्टा छलफल भएको थियो।

ओलीको चाहना पार्टी एकताभन्दा पहिले सरकार गठनमा छ। सरकार गठन प्रक्रियालाई पहिले सकेर आफू प्रधानमन्त्री हुने र त्यसपछि मात्रै एकता प्रक्रियालाई अगाडि बढाउने योजनामा उनी देखिन्छन्। यसैकारण उनले पार्टी एकता र सरकार गठन प्रक्रियालाई पृथक् विषय बनाई अलग–अलग ढंगले अगाडि बढाउनुपर्ने सार्वजनिक अभिव्यक्ति नै दिन थालेका छन्।

बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा उनले यो विषयमा मुखै खोले, ‘सरकार बनाउने कुरा जनताको आदेश, मतादेशको कुरा र पार्टी एकता दुई पार्टीबीचको कुरा हुन्। यी दुई विषय पृथक् रूपमै अगाडि बढ्छन्।’

तर, दाहाल ओलीको यो भनाइसँग सहमत देखिन्नन्। उनले शनिबार नै चितवनमा आयोजित पत्रकार सम्मेलनमा पार्टी एकताको विषय आज–भोलि नै निष्कर्षमा पुग्ने र सरकार गठनअगाडि नै माओवादीको कुरा गर्ने हो भने जनभावनाअनुसार पार्टी एकता गर्ने भन्नेमा रहेको बताए। ‘जनभावनाको कुरा गर्दा सरकार गठनअगाडि नै पार्टी एकता गर्नुपर्छ भन्ने मेरो जोड छ,’ दाहालले चितवनमा भने।

फागुन पहिलो साता सरकार गठन प्रक्रियाले गति लिने भएपछि माओवादी अध्यक्ष दाहाल त्योभन्दा अगाडि नै पार्टी एकता प्रक्रिया अगाडि बढाएर एकीकृत पार्टीको नेतृत्व लिन खोजिरहेका छन्। ओली प्रधानमन्त्री हुँदा उनले एकीकृत पार्टीको अध्यक्ष आफू हुनुपर्ने तर्क छलफलक्रममा अगाडि सारेका छन्। तर, एमाले दाहाललाई सहअध्यक्षमा मनाउने कोसिसमा लागेको छ। ‘दाहाललाई उच्चस्तरीय राजनीतिक संयत्रको संयोजक, एकीकृत पार्टीको सहअध्यक्ष र महाधिवेशनपछि अध्यक्ष बनाउने गरी मनाउने प्रयास गरिरहेका छौं,’ एमाले स्रोतले भन्यो। तर, दाहाल उधारोमा अध्यक्ष लिने गरी एकताको पक्षमा छैनन्। उनको चाहना अहिले नै एकीकृत पार्टीको नेतृत्वमा पुग्ने देखिन्छ। अन्नपूर्णबाट

 

२०७४ माघ १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: