
१३ माघ, काठमाडौ
विश्व क्रिकेट लिग च्याम्पियनसिप डिभिजन टू तयारी खेल खेल्ने नेपाली टोली आज संयुक्त अरब इमिरेट्स जाँदैछ ।
नेपाली टोली दिउँसो साढे ४ बजे इत्तिहाद एयरको विमानबाट युएइ जान लागेको हो । प्रतियोगिताको तयारी स्वरुप नेपालले युएई ए टीमसँग २ वटा र युएइ इलाभेन टीमसँग एउटा अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपाली टोली उतैबाट नामिविया जानेछ ।
यही माघ २५ गतेदेखि नामिवियामा हुने प्रतियोगितामा नेपालले क्यानडा, केन्या, नामिविया, ओमान र युएईसंग खेल्नेछ । डिभिजन टू को शिर्ष २ मा पर्न सके नेपालले विश्वकप क्रिकेटको छनौट खेल्न पाउनेछ ।
२०७४ माघ १३ गते प्रकाशित