Wed. Nov 27th, 2024

स्वास्थ्य कार्यालय धादिङलाई स्वास्थ्य उपकरण हस्तान्तरण


१२ माघ, धादिङ –

जिल्ला स्वास्थ्य कार्यालय धादिङलाई स्वास्थ्य उपकरण प्रदान गरिएको छ ।

शुक्रबार एक कार्याक्रमको आयोजना गरी अपाङग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रले स्वास्थ्य उपकरण हस्तान्तरण गरेको हो ।
कुल चौतिस लाख अठासी हजार नौ सय असी लागतमा स्वास्थ्य चौकीहरुलाई आवश्यक पर्ने फर्नीचर ईसीजी मेसीन लगायतका स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको हो ।

जिल्लामा संचालित स्वास्थ्य केन्द्रहरु सल्यानकोट, री, खाल्टे र तसर्फु स्वास्थ्यचौकीलाई मध्ये नजर गर्दै जनस्वास्थ्य कार्यालयका प्रमुख महेश्वर श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

भुकम्प पश्चात विकलाङग मित्र समुहद्धारा संचालित यस वाल अपाङ्ग अस्पताल तथा पुन स्थापना केन्द्र बनेपाले सिविएम तथा स्विस सोलिडारीटीको सहयोगमा जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रहरु तथा स्वास्थ्य चौकिहरुको क्षमता अभिवृद्धिका कार्य गरिरहेको छ ।

 

२०७४ माघ १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: