

११ माघ, धादिङ –
राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय धादिङले आफ्ना ग्राहकहरुलाई सम्मान गरेको छ । ५३ औ बार्षिक उत्सव तथा बैंक दिवसको अबसरमा बुधबार बैकका ग्राहकलाई सम्मान गरेको हो ।
दिवसका अवसरमा बैंकको काउण्टरमा आएका प्रथम ग्राहक निलकण्ठ नगरपालिका ३ का बलराम रिजाल र त्रिपरासुन्दरी निवासी सन्तोषी बस्नेतलाई सम्मान गरेको छ ।
यस बाणिज्य बैंकले कर्जातर्फ ओडिकर्जा, हाईपोथिकेशन कर्जा, आवास कर्जा महालक्ष्मी कर्जा, व्यक्तिगत ओडी, मुद्धती कर्जा आदिमा लगानी गर्ने गरेको छ । बैङ्कले पेन्सन वितरण, बुढिगण्डकी मुआव्जाको रकम र भुकम्प पीडितहरुलाई भुक्तानी गरिने राहत रकम समेत यस बैंकले वितरण गर्दै आएको राष्ट्रिय बाणिज्य बैंकका प्रबन्धक दिगन्तराज पन्तले बताए ।
यस बैंकको श्रावण देखि पौष सम्मको नाफा करिब एक करोडको हाराहारीमा रहेको उनले बताए । पुस महिनासम्म निक्षेप तर्फ ९५ करोड र लगानीमा ४० करोड रहेको थियो ।
२०७४ माघ ११ गते प्रकाशित