
१० माघ, काठमाडौं –
राष्ट्रिय सभाको निर्वाचनका लागि आज मनोनयन दर्ता गरिएको छ ।
आउँदो माघ २४ गते हुने मतदानबाट निर्वाचित हुनुपर्ने राष्ट्रियसभामा ५६ सदस्य मध्ये १७ जना सांसदहरु आज निर्विरोध निर्वाचित भएका छन् । बाँकी ३९ सांसदका लागि भने २४ गते एकल संक्रमणीय विधिबाट मतदान हुनेछ । आज सातवटै प्रदेशमा गरी कुल ८३ जनाको उम्मेदवारी परेको छ ।
उम्मेदवारी दर्ता भएका मध्ये प्रदेश १, २, ५ र ७ मा केही सांसदहरु निर्विरोध बनेका छन् भने प्रदेश ३, ४ र ६ मा पूरै ८/८ वटै सिटमा चुनाव हुनेछ ।
राष्ट्रिय सभाका लागि प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपाङ्ग वा अल्पसंख्यकका साथै तीनजना खुल्ला प्रतिस्पर्धाबाट गरी कुल ८ जना राष्ट्रिय सभा सदस्य हुने संवैधानिक प्रावधान छ ।
यी हुन् निर्विरोध १७ उम्मेदवार
प्रदेश १
नैनकला ओझा (एमाले)
बिना पोखरेल (माओवादी)
सरिता प्रसाईं (कांग्रेस)
प्रदेश २
शशिकला दाहाल (माओवादी)
मुक्ताकुमारी यादव (कांग्रेस)
प्रमिला यादव (फोरम)
रामप्रीत पासवा (फोरम)
वेषशचन्द्र लाल (राजपा)
प्रदेश ५
कोमल वली (एमाले)
मीना बुढा (एमाले)
अनिता देवकोटा (कांग्रेस)
प्रदेश ७
शेरबहादुर कुँवर(एमाले)
हरिराम चौधरी (माओवादी)
बद्री पाण्डे (कांग्रेस)
तारादेवी भट्ट (कांग्रेस)
कमला ओली (एमाले)
इन्दु कडेरिया विष्ट (एमाले)
२०७४ माघ १० गते प्रकाशित