Fri. Mar 7th, 2025

राष्ट्रिय पुरुष फुटबलको उपाधि पुलिसलाई

७ माघ,धादिङ ।
अट्ठाइसौँँ राष्ट्रिय च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।प्रतियोगिताको शनिवार भएको फाइनल खेलमा ट्राइवेकरमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ५–४ गोल अन्तरले पराजित गरेको हो ।

खेल अवधिभर दुवै पक्षबाट कुनै गोल हुन नसकेपछि ट्राइवेकरमा नेपाल पुलिस क्लबका तर्फबाट सुमन लामा, तेज तामाङ, बुद्ध लामा, दिनेश राजवंशी र निरकुमार राईले गोल गरेका थिए । त्रिभुवन आर्मी क्लबका तर्फबाट जसविन कार्की, हिरने मगर, विवेक बस्नेत र उपेश केसीले गोल गरेका थिए ।
२०७४ माघ ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: