Tue. Mar 11th, 2025

३ नम्बर प्रदेश प्रमुख कोइरालाद्धारा पदभार ग्रहण


६ माघ,  हेटौडा –

तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले शनिबार साँझ पदभार ग्रहण गरेकी छन् । प्रदेश प्रमुखमा नियुक्त भएपछि शुक्रबार मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिएकी कोइरालाले शनिबार पदभार ग्रहण गरेकी हुन् ।

तत्कालीन क्षेत्रीय प्रशासन कार्यालय हेटौंडामा स्थापना गरिएको तीन नम्बर प्रदेश प्रमुखको कार्यालयमा कोइरालालाई नेपाली सेनाले सलामी अर्पण गरेको थियो । पदभार ग्रहण गर्दै कोइरालाले आफूले पाएको जिमेवारी इमान्दारीताका साथ पूरा गर्ने बताइन् ।

त्यस्तै तीन नम्बर प्रदेश प्रमुखको शनिबार पदबहाली भएसँगै आइतबार प्रदेश तीन अन्तरगतका १३ वटा जिल्लाका एक सय १० जना प्रदेश सदस्यहरुको सपथ ग्रहण हुने भएको छ । आइतबार बिहान ११ बजे हालको क्षेत्रीय शिक्षा निर्देशनालयको हलमा प्रदेश सदस्यहरुको सपथ ग्रहण गराउन लागिएको हो ।

प्रदेश सदस्यहरुको सपथ ग्रहण अगाडि प्रदेशसभाका सदस्यमध्येका जेष्ठ सदस्य डोरमणि पौडेललाई प्रदेश प्रमुखको कार्यालयमा सपथ गराउने र त्यस लगतै उनले अरु प्रदेश सदस्यहरुलाई सपथ गराउने कार्यक्रम तय भएको मध्यमाञ्चल क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेले बताए ।

२०७४ माघ ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: