Fri. Jan 31st, 2025

डेनमार्कका नेपाली बालकः फुटवलका उज्वल नक्षत्र

shashot

कोपेनहेगन –  डेनमार्कमा परिवारका साथ बस्दै आएका एक ७ वर्षीय नेपाली बालकले सानै उमेरमा खेलप्रतिको आफ्नो प्रतिभा प्रस्फुटन गरेका छन् । बाबु विवेक श्रीस राना र आमा सुशीला हमालबाट जन्मिएका शास्वत फुटवलकै उज्वल नक्षत्र भएको सावित गरिदिएका छन् ।

डेनमार्कको हेल्लेरूप इद्रेत क्लवमा आवद्ध रहेका शास्वत २०१४ अप्रिलदेखि हेल्लेरूप इद्रेत क्लवबाट आफ्नो फुटबल खेलको शुरुवात गरेका हुन् ।

क्लवमा आवद्ध भई खेल्न शुरु गरेको एक महिनामा नै उमेर समूहका ६४ जनालाई पछि पार्दै उनी ११ मा पर्न सफल भएका शास्वतको टिमले एक साताअघि मार्च ७ र ८ मा डेनमार्कको सोरोमा १५ टिम बीच भएको खेलमा डेनिस नेशनल लिग २०१५ च्याम्पियन अन्डर ८ को उपाधि जितेको थियो ।
जुनसुकै पोजिसनमा रहेर पनि खेल्न सक्ने खेलाडी रहेका शास्वतको टिम आगामी अप्रिल ६ मा स्विडेनको होलभिकानमा हुने नासेत कप र मई १६ मा स्विडेन कै क्लाग्शममा हुने आसहोज्देन कप २०१५ का लागि छनोट भएको छ । शास्वत आगामी मई २३ र २५ मा जर्मनीको ग्रेवेन्ब्रोइचमा हुन गइरहेको पीफिंगसत कपको लागि डेनिस टिममा रहेर खेल्दैछन् । डेनमार्कमा रहेको नेपालीहरुको संस्था हिमालयन क्लवमा साथीहरुसँगै जाने गरेका शाश्वतको फुटवलमा निकै नै मोह बढेको देखेर नै किम हिक क्लवमा पठाएको उनका बाबु विवेक रानाले बताउनुभयो ।

शाश्वत हिजोआज साताको तीन दिन खेल प्रशिक्षणसमेत लिने गरेका छन् । शनिवार र आईतवार विभिन्न डेनिस क्लवबीच हुने प्रतिस्पर्धामा सहभागी भइसकेका कोपेनहेगनस्थित रादमान्दसगाडे स्कुलमा कक्षा १ मा पढ्दे शास्वतले स्थानीय स्तरमा थुप्रै अवार्ड जितिसकेका छन् । फुटबल बाहेक बास्केटबल र हृयाण्डबलका साथै चित्रकला र संगीतमा पनि उनको उत्तिकै रुची रहेको परिवारले जनाएको छ । अनलाइन खबरबाट

About The Author

अन्य समाचारहरु: