Wed. Nov 27th, 2024

धुनीेबेसीका किस्चल रेग्मीले बनाए ड्रोन (भिडियो सहित)


सरिता श्रेष्ठ / ३० पुस,  धादिङ –

धादिङको धुनीबेसी नगरपालिका वडा नं ५ जीवनपुरका किस्चल रेग्मीले आकाशमा उड्ने ड्रोन निर्माण गरेका छन् । १६ वर्षीय रेग्मीले १ महिना लगाएर ड्रोन निर्माण गरेका हुन् । उनले ड्रोन निर्माण आफ्नै प्रयासबाट भएको बताए । फिल्म, सामाजिक सञ्जालमा ड्रोन देखेपछि सानैदेखि मेरो चाहना ड्रोन बनाउनेमा गएको थियो रेग्मीले भने, ‘युट्युब हेरेर निर्माण गरेको हुँ ।

प्रोग्रामिङ देखि अन्य सबै कुरा युट्युबबाटै सिकेको हुँ ।’ रिमोटबाट चल्ने ड्रोन ८० मिटर माथिसम्म उड्न सक्छ । ड्रोन बनाउन २८ हजार रुपैया खर्च भएको छ । खर्च जुटाउन घरपरिवार तथा विद्यालयको सहयोग रहेको उनले बताए । ‘अब सोलार कार बनाएर त्यसको ऋण तिर्छु’ किस्चलले भने ।

किस्चलको सानैदेखि ड्रोन बनाउन साथीभाईलाई देखाउने पहिलो प्रयास असफल भएको थियो । पटक पटकको प्रयासपछि साथीभाई, शिक्षकलाई चकित बनाए । बनाइएको ड्रोनमा अडिनो युयनो (माईक्रो कन्ट्रोलर), ब्रसलेस मोटर, प्रोपेलर, काउन्टर क्लक वाईज, क्लक वाईज, इएससी (ईलेक्ट्रोनिक स्पिड क्नट्रोलर), जाईरो सेन्सर लगायतका उपकरण जडान गरिएको छ । उनले काम नलाग्ने टिभिको एन्टेना, टेप, तथा काठलाई सदुपयोग गरेर ड्रोनमा जोडेका छन् ।

कक्षा १० मा पढ्दै गरेका किस्चलको अब सोलारबाट कार बनाएर आमा बुबालाई घुमाउने धोको छ । उनले भविष्यमा वैज्ञानिक बन्ने लक्ष्य लिएका छन् । सामान्य परिवारमा जन्मिएका उनका बुबा शिक्षक हुन् । बुबा आमाको सहयोगले नै आफूले ड्रोन बनाउन सफल भएको किस्चल बचाउँछन् । रातभरी मेहनत गरेको फल अहिले पाएको छ किस्चलका बुबाले बताए । उनका अनुसार ड्रोन निर्माणका लागि विद्यालयले पनि व्याट्री किन्नका लागि सहयोग गरेको थियो ।

भिडियो

https://www.youtube.com/watch?v=zchPnOpsp0k

 

२०७४ पुस ३० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: