२८ पुस, धादिङ –
धादिङको धुनीबेसी नगरपालिका वडा नं ५ मा आयोजना गरिएको बालसाहित्य मेलामा किस्चल रेग्मीले ड्रोन प्रदर्शन गरेर सहभागीलाई आश्चर्य पारेका छन् ।
कक्षा १० मा अध्ययनरत गर्दै गरेका रेग्मीले १ महिना लगाएर बनाएको ड्रोन हेर्न विद्यार्थीको घुईचो लागेको थियो ।
भुवनेश्वरी माध्यमिक विद्यालयको आयोजनामा विद्यालयको प्राङगणमा आयोजना गरेको मेलामा विद्यार्थीहरुले बनाएका विभिन्न हस्तकलाका सामग्री, विज्ञान प्रयोगशालाका सामग्रीहरु सञ्चारको प्रदर्शन , खेल मार्फत मनोरन्जनका कार्यक्रम , नृत्य ,गीत, कविता लगायतका सामग्रीहरु प्रदर्शनमा राखिएको थियो ।
मेलामा धुनिबेसी नगरपालिका र थाक्रे गाउँपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक,लविद्यार्थीहरुको सहभागीता रहेको थियो । मेलामा २०ओटा भन्दा बढी स्टल रहेका थिए ।
कार्यक्रममा धुनीबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, कार्यकारी अधिकृत राजेन्द्र अर्याल, रातो बंगलाका फाउन्डेशनका प्रमुख शान्ता दिक्षित लगायतको सहभागीता रहेको थियो ।
२०७४ पुस २८ गते प्रकाशित