२७ पुस, धादिङ–
‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत विभागीय टोली एपिएफ सङ्कटालाई पराजित गर्दै सेमिफाइनमा पुगेको छ ।एपिएफले सङ्कटालाई शून्यका विरुद्ध २ गोल गरी सेमिफाइनलको यात्रा तय गरेको हो ।
एपिएफका अञ्जन विष्टले पहिलो हाफको २३ औँ मिनेटमा गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएकामा दोस्रो हाफको ८५ औँ मिनेटमा अर्को गोल थपेर एपिएफको जित सुनिश्चित गरेका थिए ।व्यक्तिगत दुई गोल गर्न सफल विष्ट खेलका म्यान अफ म्याच घोषित भए ।
पहिलो हाफमा एपिएफ सङ्कटामाथि पूर्णरुपमा हावी भएको थियो । सङ्कटा दोस्रो हाफमा सम्हालिँदै आक्रामक बनेको देखिएपनि गोल प्रहार गर्ने केही अवसरलाई सदुपयोग गर्न नसक्दा पराजय व्यहोर्न पुग्यो ।पहिलो हाफमै गोल खाएका कारण आफ्नो टिम दवावमा परेर खेलमा राम्रो गर्न नसकेको सङ्कटाका प्रशिक्षक सल्यान खड्गीले बताए ।
जारी प्रतियोगिताको पहिलो खेलमा आफ्नो टिमले राम्रो खेल प्रदर्शन गर्न नसके पनि क्वार्टरफाइनलमा सुधार भएको एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले बताए ।
आज त्रिभुवन आर्मी र थ्रीस्टार क्लबबीच खेल हुने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले जानकारी दिएको छ ।
२०७४ पुस २७ गते प्रकाशित