

२३ पुस, धादिङ –
धादिङ फुटसल एकेडेमीले धादिङबेसीमा आयोजना गरिएको प्रथम फुटसल प्रतियोगीताको उपाधि ज्वालामुखी युवा क्लब चैनपुरले जितेको छ ।
आइतबार भएको फाइनल खेलमा बासुदेवस्मृति क्लब सुनौलाबजारलाई ९–४ गोल अन्तरले हराउँदै उपाधि हाँसिल गर्न सफल भएको हो ।
प्रतियोगीतामा ज्वालामुखी युवा क्लबका अनिल शाही उत्कृष्ठ गोलरक्षक र बासुदेवस्मृति क्लब सुनौलाबजारका सुरेन मगर उत्कृष्ठ खेलाडी घोषित भएका थिए । प्रतियोगीताका विजेता र उपविजेता समूहले क्रमश ः ३५ हजार र २० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगीतामा जिल्लाभरका १६ वटा समूहको सहभागीता रहेको एकेडेमीका अध्यक्ष राधाकृष्ण भण्डारीले जानकारी दिए ।
२०७४ पुस २३ गते प्रकाशित