Mon. Jan 6th, 2025

चितवन उद्योग संघमा सर्वसम्मत नया नेतृत्व

२१ पुस, चितवन

चितवन उद्योग संघको नवौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । संघको अध्यक्षमा भेषराज दुवाडी चयन भएका छन् । बरिष्ठ उपाध्यक्ष रहेका दुवाडीलाई सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

६ जना उपाध्यक्ष, ११ जना खुल्ला सदस्य र तीन जना एशोसियट्स सदस्यमा चयन भएका छन् । संघको ६ जना उपाध्यक्षहरुमा त्रिलोचन कँडेल, राजु पौडेल, सूर्यप्रसाद न्यौपाने, लक्ष्मणप्रसाद अर्याल, मदन घिमिरे र प्रतिभा श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

६ जना उपाध्यक्ष मध्ये एक जनालाई एक वर्ष भित्रमा वरिष्ठ उपाध्यक्षमा चयन गर्ने विधानमा उल्लेख छ । त्यसरी चयन गर्दा गर्भनिङ काउन्सीलले ६ महिनादेखि एक वर्ष भित्रमा उपाध्यक्षले गरेको कार्यलाई मूल्यांकन गर्नेछ ।

२०७४ पुस २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: