
१८ पुस, काठमाडौँ
पाँचौ एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ ।
पुस २४ गतेदेखि पाकिस्तान र दुवइमा हुने प्रतियोगिता खेल्ने १४ जना खेलाडीसहितको नेपाली टोलीलाई खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी, नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटालगायतले बिदाइ गर्नुभएको हो ।
नेपालले पुस २४ गते बंगलादेशसंग २५ गते भारतसँग, २६ गते पाकिस्तानसँग, २९ गते अष्ट्रेलियासँग र माघ १ गते श्रीलंकासँग खेल्नेछ ।
२०७४ पुस १८ गते प्रकाशित