१८ पुस, धादिङ–
नेकपा (एमाले)का नेता सुवास नेम्वाङले वाम गठबन्धनको सरकार बनेपछि खेलकुद क्षेत्रमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको नवौँ स्थापना दिवसका अवसरमा मदन भण्डारी क्रिकेट एकेडेमीको शुभारम्भ समारोहमा उनले राष्ट्रलाई विश्वसामु चिनाउने खेल क्षेत्रको विकास गर्नुपर्छ, जनस्तरबाट भएका पहलमा सहयोग पु¥याउनुपर्छ उनले भने ।
नेता नेम्वाङले मदन भण्डारी क्रिकेट एकेडेमीको तीन पटक ब्याटिङ गरेर खेलको शुभारम्भ गरेका थिए । सो एकेडेमीमा नेता नेम्वाङ पहिलो खेलाडी भएको घोषणा गर्दै क्रिकेट पोशाकसमेत एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले क्रिकेट खेलको विकास गर्ने उद्देश्यका साथ एकेडेमीको शुरुआत गरिएको बताए ।
२०७४ पुस १८ गते प्रकाशित