Wed. Nov 27th, 2024

धादिङ जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा


१६ पुस,  धादिङ –

धादिङ जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणा गरिएको छ । जिल्लाको दुई नगरपालिका र ११ वटा गाउँपालिकासहित १३ वटै स्थानीय तहका बालबालिकाले १ वर्षकै उमेरभित्र नेपाल सरकारले सञ्चालन गरेका सबै प्रकारका खोप पाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो ।

नेपाल सरकारका स्वास्थ्यमन्त्री दिपक बोहराले धादिङबेसीमा आयोजित कार्यक्रममा पूर्णखोपयुक्त घोषणा गरेका हुन् । खोपयुक्त घोषणा गर्दै उनले खोप बालबालिकाको नैशर्गिक अधिकार भएकाले राष्ट्रि खोप कार्यक्रमलाई आफ्नो कार्यक्रम सम्झि अभियानमा साथ दिन अनुरोध गरे ।

जिल्लामा १२ महिनादेखि २३ महिना उमेर समूहका ३ हजार ७२८ बालबालिकामा सर्वेक्षण गर्दा सबै बालबालिकाले बिसिजी, डिपीटी, पोलियो, दादुरा–रुबेला रोगविरुद्ध दिइने सबै खोप पाइसकेको आधारमा पूर्णखोप युक्त घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका प्रमुख महेश्वर श्रेष्ठले बताए । विभिन्न सर्बेक्षणबाट मात्र जिल्लालाई खोपयुक्त जिल्ला घोषणा अभियान सफल पारेका हौँ प्रमुख श्रेष्ठले भने, ‘हामीले जति लक्ष्य राखेका थियौँ त्यतिनै मात्रामा बालबालिकालाई पूर्णखोपको सुनिश्चितता गर्न सफल भएका छौँ ।’ पुर्णखोपयुक्त जिल्ला लाई पुर्ण कार्यान्वय गर्दै अबको अभियान पोषणयुक्त जिल्ला बनाउने तिर लाग्नुपर्नेमा उनले जोड दिए ।

२०७१ साउन २ गते साविकको मुरलीभन्ज्याङ गाविसबाट सुरु भएको पूर्ण खोप युक्त गाविस घोषणा कार्यक्रम २०७४ मंसिर २८ गते कल्लेरीमा पुगेर सकिएको थियो । धादिङ ३३ औं पूर्ण खोप युक्त जिल्ला हो । स्वास्थ्य कार्यालयका अनुसार एक वर्षका बालबालिकालाई बिसिजी, डिपीटी, पोलियो, दादुरा रुबेला लगायतका खोप दिइपछि पूर्णखोप भएको मानिन्छ ।

https://www.youtube.com/watch?v=lP1tlESDaqM&feature=share

२०७४ पुस १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: