

१२ पुस, धादिङ –
नेपाली कांग्रेस धादिङले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ को परिणाम आइसकेपछाडीको पहिलो समिक्षा बैठक सम्पन्न भएको हो ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितिको आयोजनामा सम्पन्न भएको जिल्ला स्तरीय समिक्षा बैठकले जिल्लाको दुईवटै प्रतिनिधिसभाको क्षेत्र अन्तर्गतपर्ने चारवटा प्रदेशसभा क्षेत्रमा गॉंउपालिका स्तरको समिक्षा बैठकको आयोजना गर्ने र जिल्लाको १३ वटै स्थानीय तहका सम्पुर्ण वडाहरूमा गत निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वारहरूलाई मतदान गर्ने मतदाताहरूलाई पार्टीको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेद्वारको उपस्थितिमा धन्यवाद ज्ञापन सहित चियापान कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको छ ।
समिक्षा बैठकमा बोल्ने अधिकांश नेताहरूले विगतको निर्वाचनको परिणाम लाई सुक्ष्म ढंगले अध्यायन गरेर संगठन सुध्रिढिकरणको योजना बनाउन पर्नेकुरा लाई जोड दिईएको थियो । समिक्षा बैठकमा कांग्रेसको जिल्ला कार्यसमिति, प्रतिनिधिसभा तथा प्रदेशसभाको उम्मेद्वारहरू, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरू, जिल्लाको १३ वटै स्थानिय तहको निर्वाचन परिचालन समितिको संयोजकहरू, भातृसंस्था प्रमुखहरूको सहभागिता रहेको थियो ।
जिल्ला भरी संचालन गरिने धन्यवाद कार्यक्रमको कार्यतालिका जिल्ला कार्यसमितिको बैठकले सार्वजनिक गर्ने निर्णय गरिएको कांग्रेस जिल्ला कार्यसमिति सदस्य नवराज तिमल्सिनाले जानकारी दिए ।
२०७४ पस १२ गते प्रकाशित