Tue. Mar 11th, 2025

नेपाली कांग्रेस धादिङको बैठक बस्दै

१० पुस,  धादिङ  –

नेपाली कांग्रेस धादिङको बैठक मंगलबार बस्दै छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम घोषणा पछी पहिलोपटक नेपाली कांग्रेस धादिङले जिल्लाको बैठक बोलाएको छ ।

प्रतिनिधिसभाको लागि दुई निर्वाचन क्षेत्र र प्रदेशसभाको लागि चार निर्वाचन क्षेत्र गरी ६ वटा निर्वाचन क्षेत्रमा भएको निर्वाचनमा कांग्रेस वामगठबन्धनका उम्मेद्वारहरूसंग निकटतम प्रतिद्वन्द्वी भएर पराजित भएको थियो । उक्त निर्वाचनमा पार्टी पराजित हुनुपर्नाको कारणहरूको समिक्षा गर्दै पार्टीको भावी कार्यक्रमको बारेमा छलफल गर्ने उद्देश्यले बैठक बोलाइएको नेपाली कांग्रेस जिल्ला सभापति रमेश धमलाले जानकारी दिए ।

बैठकमा कांग्रेसको जिल्ला कार्यसमिति, प्रतिनिधिसभा तथा प्रदेशसभाको उम्मेद्वारहरू, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरू, जिल्लाको १३ वटै स्थानिय तहको निर्वाचन परिचालन समितिको संयोजकहरू, भातृसंस्था प्रमुखहरूको सहभागिता रहने नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य नवराज तिमल्सिनाले जानकारी दिए ।

२०७४ पुस १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: