Thu. Mar 6th, 2025

धादिङ महोत्सव पुस २६ गतेदेखि, तयारी तीब्र


८ पुस,  धादिङ  –

धादिङ उद्योग वाणिज्य संघले आगामी पुस २६ गतेदेखि माघ ८ गतेसम्म छैटौँ धादिङ महोत्सवको आयोजना गरेको छ । धादिङबेसीमा हुने प्रादेशिक औद्मोगिक ब्यापार मेला तथा महोत्सवका लागि तयारी तीब्र पारिएको छ । महोत्सव नीलकण्ठ नगरपालिका ४ रायटारमा संचालन हुँदैछ ।

महोत्सवका लागि संघका अध्यक्ष श्री बोदनाथ दुवाडीको संयोजकत्वमा ८५ सदस्यिय मुल आयोजक समिति गठन गरेको छ । महोत्सवलाई व्यवस्थित गर्न १६ वटा विभिन्न उप समिति समेत गठन गरिएको छ ।

महोत्सवको मुख्य आकर्षणको रुपमा कृषि प्रदशनीै, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण रहेको आयोजकले जानकारी दिएको छ ।

यसैगरी हस्तकलाको प्रदर्शनी, जडीबुटी तथा बनपैदावारको प्रदर्शनी, बन्यजन्तु संरक्षण डकुमेनटी प्रदर्शनी, खनिजजन्य उत्पादनको प्रदर्शनी रहेको छ ।

२०७४ पुस ८ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: