६ पुस, धादिङ –
धादिङको धुनीबेसी नगरपालिका वडा नं ५ मा वडास्तरीय बालक्लब गठन गरिएको छ । आफ्ना कुरालाई सरोकारवाला निकायले सुन्नुपर्ने भन्दै धादिङको धुनिबेशी नगरपालिका वडा नं. ५ मा जोत्सना रेग्मीको अध्यक्षमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
धुनिबेशी नगरपालिका वडा नं. ५ मा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा विहिबार एक कार्यक्रमकाबीच कार्यसमिति गठन भएको हो । कार्यसमितिको सचिवमा रमन भुजेल, सहसचिवमा कविता बोम्जम,कोषाध्यक्षमा स्वस्तिका न्यौपाने चयन रहेका छन् ।
साविकको जिवनपुर गाँउ विकास वडा नं ८ र ९ लाई समेटेर निर्माण भएको धुनिबेशी नगरपालिका वडा नं. ५ मा बाल अधिकार सुनिश्चित हुनुपर्ने, आफुहरुको माग सम्बन्धित निकाय सम्म पग्नु पर्ने भन्दै वडा नं. ५ का बालबालिकाहरुले वडा स्तरिय बाल क्लबको गठन गरेका हुन् ।
सिर्जनशिल नेपालको समन्वय तथा वडा नं. ५ को सहयोगमा संचालित कार्यक्रममा वडा सदस्य ऋषि ढकाल, दिपक सुवाल, विभिन्न विद्यालयका शिक्षक, बालक्लबका प्रतिनिधिको सहभागीता रहेको थियो ।
बाल अधिकार हनन, बालश्रम शोषण लगायत औधोगिक श्रेत्रमा हुने बालबालिकाको प्रयोग आफुहरुका अगाडी प्रष्ट रहेको कुरालाई न्यूनिकरण गर्दै समाधानको लागि बाल क्लब गठन गरिएको अध्यक्ष रेग्मीले बताईन् ।
२०७४ पुस ६ गते प्रकाशित