Wed. Nov 27th, 2024

कक्षा ११ को नतिजा पुसको तेस्रो सातासम्म सार्वजनिक हुने

६ पुस, काठमाडौँ–

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पुसको तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।

स्थानीय तहको निर्वाचनको कारण पटक पटक परीक्षाको मिति सार्दै गत असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको बोर्डले नतिजा सार्वजनिकमा पनि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कारण ढिलाइ भएको बताएको छ ।

बोर्डका परीक्षा नियन्त्रक डम्बरकुमार बतासका अनुसार उत्तर पुस्तिका परीक्षण सकेर सम्परीक्षण, रुजु र इन्ट्री गर्ने काम भइरहेको छ । उनले ढिलोमा पुसको तेस्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताए ।

कक्षा ११ को नतिजामा ढिलाइ हुँदा विद्यार्थीलाई कुनै असर नपरोस भनेर आंशिकको नतिजा सार्वजनिक गरिसकेको जानकारी दिए ।

परीक्षामा देशभरबाट ४ लाख ४९ हजार ५४ विद्यार्थीले फारम भरेका थिए । यसअघि गत मंसिर १८ गते बोर्डले कक्षा ११ आंशिकको नतिजा सार्वजनिक गरेको थियो । आंशिक परीक्षामा १ लाख १ हजार ३ सय ७५ विद्यार्थी सहभागी भएकामा ३६ हजार ७४ जना अर्थात् ३५.५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

२०७४ पुस ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: