Tue. Mar 11th, 2025

एमालेसँग एकीकरण नगर्न दबाब दिने माओवादी नेता

पुस, धादिङ–
नेकपा माओवादी केन्द्र र एमालेबीच नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण गर्ने गृहकार्य अगाडि बढिरहेका बेला एमालेसँग पार्टी एकीकरण नगर्न केही नेताले दबाब दिएका छन ।
माओवादी केन्द्रले नयाँ सरकारअघि नै पार्टी एकीकरणको खाका तयार गरेर मात्र सरकार गठन गर्नुपर्ने निर्णय गरेको छ ।
पार्टी एकीकरणको गृहकार्य अगाडि बढिरहेको बेला माओवादी केन्द्रका नेता विश्वभक्त दाहाल, गोपाल किरातीलगायतका नेताले एमालेसँग तत्काल पार्टी एकता गर्न नहुने भन्दै आन्तरिक तयारी थालेका छन ।
चुनावी तालमेलसँगै पार्टी एकीकरण गर्ने माओवादी एमालेबीच ६ बुँदे सहमति भएपछि गोपाल किरातीले पार्टी पुनर्गठन गर्ने धम्की दिएका थिए ।
तर प्रचण्डको आग्रहमा किरातीले नोट अफ डिसेन्ट लेख्दै पार्टीमा नै काम गर्दै आएका छन् । नेपाल समाचारपत्रबाट ।
२०७४ पुस ६ गते प्रकाशि

About The Author

अन्य समाचारहरु: