Fri. Mar 7th, 2025

वर्ल्ड मार्सल आर्ट पिस कप–२०१७ मा नेपाललाई दुई स्वर्ण

४ पुस, काठमाडौँ

 

वर्ल्ड मार्सल आर्ट पिस कप–२०१७ मा सहभागी भएको नेपाली टोलीले दुई स्वर्ण पदकसहित तीन रजत पदक प्राप्त गर्न सफल भएको छ ।

मार्सल सेल्फ डिफेन्स इन्टरनेशनल एशोसिएसन पोर्चुगलको आयोजनामा मोरक्कोमा सम्पन्न प्रतियोगितामा सोलुखुम्बुका अर्जुन रोक्काले दुईवटा स्वर्ण पदक हात पारेका छन् ।

यस्तै, सञ्जु महर्जनले दुईवटा रजत पदक र ङवाङ केशाङ लामाले पनि एक रजत पदक प्राप्त गर्न सफल भएकी छन् ।

२०७४ पुस ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: