
२ पुस, धादिङ –
८ औं कोरियन एम्बास्डर राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको ७४ केजीमा धादिङका प्रदिप गिरीले रजत पदक जितेका छन् ।
नेपाल तेक्वान्दो संघ र नेपालस्थित दक्षिण कोरियाली दूतावासको संयुक्त आयोजनामा भएको च्याम्पियनसिपमा भएको प्रतियोगीतामा गिरीले जितेका हुन् ।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा भएको प्रतियोगीतामा धादिङबाटै प्रतिनिधित्व गरेकी अनिता घलेले ६२ केजीको फाइनलमा कांस्य जितेकी छन् । सोही प्रतियोगीतामा राष्ट्रिय टिमकी ज्ञानीले ललितपुरकी सिवानी श्रेष्ठलाई स्तब्ध पारेकी थिइन् ।
नेपाल आर्मीकी प्रतिज्ञा भण्डारी र ज्ञानी चुनाराले च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् । महिला ७३ केजीमा प्रतिज्ञा र ज्ञानीले ६२ केजी तौलसमूहमा स्वर्ण जितेका हुन् ।
२०७४ पुस २ गते प्रकाशित