Thu. Mar 13th, 2025

समानुपातिकमा एमालेले ४१ र कांग्रेसले ४० सिट पाउने

२ पुस,  काठमाडौं –

मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको पनि मतगणना समाप्त भएको छ । यसअनुसार प्रत्यक्षतर्फ १६५ मा ८० स्थान जितेको एमालेले समानुपातिकतर्फ थोरैमात्रै मतले कांग्रेसलाई उछिनेको छ ।

एमालेले ४८ हजार १८७ मतले कांग्रेसलाई उछिनेको छ । एमालेले ३१ लाख ६४ हजार ४०६ मत प्राप्त गरेको छ भने कांग्रेसले ३१ लाख १७ हजार ०७९ मत प्राप्त गरेको छ । तेस्रोमा रहेको माओवादी केन्द्रले १२ लाख ९८ हजार ३९० मत प्राप्त गरेको छ । चौथो र पाँचौँमा मधेसवादी दल बनेका छन् । चौथोमा रहेको राष्ट्रिय जनता पार्टी नेपालले ४ लाख ७२ हजार २११ र संघीय समाजवादी फोरम नेपालले ४ लाख ७० हजार ३ मत प्राप्त गरेका छन् ।

विवेकशील साझा, नयाँ शक्ति र यसअघि संसदमा प्रतिनिधित्व गरेका कुनै पनि दलले थ्रेसहोल्ड कटाउन सकेनन् । कानुनतः थ्रेसहोल्ड पूरा गर्न कुल सदर मतको ३ प्रतिशत मत कटाउनुपर्छ । विवेकशील साझाले २ लाख १२ हजार ३१८ र राप्रपाले १ लाख ९६ ३५४ मत हासिल गरे । नवौँ स्थानमा रहेको नयाँ शक्तिले ८१ हजार ५६८ मत प्राप्त गरेको छ ।

प्राप्त परिणामलाई सन्ट–लग मेथडमा हालेर दलहरूले प्राप्त गर्ने सिट संख्या निर्धारण गरिन्छ । हालसम्म पाँचवटा दलले मात्रै थ्रेसहोल्ड कटाउन सकेकाले आयोगले दिएको मतपरिणामलाई आधार मान्दा एमालेले समानुपातिकमा ४१ सिट पाउँछ । त्यस्तै, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ र राजपा, संघीय समाजवादी फोरम, नेपालले समान ६९६ सिट पाउँछन् ।

 

२०७४ पुस २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: