Tue. Nov 26th, 2024

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग

 

२४ मंसिर काठमाण्डौ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना भइरहेको बेला पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको भन्दै अनेरास्ववियु र अखिल(क्रान्तिकारी)ले आपत्ति जनाएका छन् ।

वाम गठबन्धनको पक्षमा ऐतिहासिक जनलहर देखा परिरहेको सन्दर्भमा नेपाली काँग्रेस नेतृत्वको सरकारले जनअपेक्षा विपरीत अत्यावश्यक वस्तुमा मूल्यवृद्धि गरेर अलोकतान्त्रिक चरित्र देखाएको विद्यार्थी संगठनको भनाइ छ ।

अखिल(क्रान्तिकारी)का महासचिव उत्तम अधिकारी र अनेरास्ववियुका महासचिव ऐन महरले शनिवार एक विज्ञप्तिमार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।

कामचलाउ सरकारले वामपन्थी गठबन्धनलाई सरकार गठनमा सहयोग पु¥याउनुपर्ने समयमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर लोकतान्त्रिक गठबन्धनको बचेखुचेको साख समेत अन्त्य गरेको उल्लेख गरिएको छ ।

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको भन्दै शुक्रबार खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २५ र पेट्रोलमा प्रतिलिटर रु २ मूल्यवृद्धि गरेको थियो ।

२०७४ मंसिर २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: