Tue. Mar 11th, 2025

काँग्रेस धादिङका सभापति धमलाद्धारा मतदातालाई धन्यावाद (प्रेस विज्ञप्ति सहित)

२३ मंसिर,  धादिङ –

नेपाली काँग्रेस धादिङका पार्टी अध्यक्ष रमेश धमलाले प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा आफ्नो गठबन्धनलाई मतदान गर्ने मतदाता, निर्वाचनमा सहयोग गर्र्ने सबै पक्षललाई धन्यावाद दिएका छन् ।

प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा १ का उम्मेदवार समेत रहेका धमलाले शनिबार बिहान प्रेसविज्ञप्ति जारी गर्दै धन्यावाद व्यक्त गरेका हुन् ।

विज्ञप्ति मार्फत धमलाले लोकतान्त्रिकको सुन्दर पक्ष भनेको निर्वाचन भएको र निर्वाचनमा हारजित स्वाभाविक रहेको भन्दै यस परिणामबाट आफू र आफ्नो पार्टी जनताको बीचमा कुनै विचलित नभई निरन्तर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

२०७४ मंसिर २३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: