
२३ मंसिर, धादिङ –
धादिङको प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा एमालेका भूमि त्रिपाठी विजयी भएका छन् ।
त्रिपाठीले ४९ हजार १ सय २१ मत ल्याई विजयी भएका छन् । बामगठबन्धनबाट उम्मेदवार बनेका त्रिपाठीले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका विश्व अर्याललाई २७ हजार १ सय ५३ मतान्तरले फरक पार्दै विजयी भएका हुन् ।
त्रिपाठीका निकटतम प्रतिद्धन्द्धि अर्यालले २१ हजार ९ सय ६८ मत ल्याए । कुल १ लाख १८ हजार १ सय ५० मतदाता रहेको यस क्षेत्रमा मंसिर १० गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७९ हजार ४ सय २३ मत खसेको थियो ।
२०७४ मंसिर २३ गते प्रकाशित