

२३ मंसिर, धादिङ –
धादिङको चारै प्रदेशसभामा बामगठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा १ मा नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डे २७ हजार ३ सय ३२ मत विजयी भएका छन् । बामगठबन्धनबाट उम्मेदवार बनेका पाण्डेले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका मधुकुमार श्रेष्ठलाई १३ हजार ६ सय ८५ मतान्तरले फरक पार्दै विजयी भएका हुन् । पाण्डेका निकटतम प्रतिद्धन्द्धि मधुकुमार श्रेष्ठले १३ हजार ६ सय ४७ मत ल्याए । कुल ४३ हजार ५ सय ६४ मत खसेको थियो ।
धादिङको प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा २ मा माओवादी केन्द्रका शालिकग्राम जमरकट्टेल विजयी भएका छन् । जमरकट्टेलले २३ हजार ३ सय ८२ मत ल्याई विजयी भएका हुन् । जमरकट्टेलका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४ सय ७ मत ल्याएका छन् । कुल ३५ हजार ८ सय २९ मत यस क्षेत्रमा खसेको थियो । जमरकट्टेल र सुवेदीबीच १२ हजार ९ सय ७५ मतान्तर रहेको छ ।
त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार रामकुमार अधिकारी विजयी भएका छन् । अधिकारीले २० हजार ३ सय ६३ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका रमेश धमलाले १९ हजार १५ मत ल्याएका छन् । यस प्रदेशमा ४१ हजार ३ सय ४३ मत खसेको थियो । अधिकारीको मतान्तर १ हजार ३ सय ४८ रहेको छ ।
प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा २ मा माअोवादी केन्द्रका उम्मेदवार जगत सिंम्खडाले १७ हजार ६ सय ५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धि राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बरबहादुर तामाङले १५ हजार ७ सय ७४ मत ल्याएका छन् । यस प्रदेशमा ३५ हजार ६ सय ७ मत खसेको थियो । सिंम्खडाको मतान्तर १ हजार ८ सय ३१ रहेको छ ।
२०७४ मंसिर २३ गते प्रकाशित