Mon. Jan 6th, 2025

उपकप्तान मल्ल ५४ रनमा आउट


२० मंसिर, काठमाडौं

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत युएईबिरुद्धको खेलमा नेपाली ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्लले आउट भएका छन् ।

२४.२ ओभरमा दोस्रो विकेटका रुपमा युएईका रोहन मुस्तफाको बलमा एलबीडब्ल्यूको धरापमा पर्नुअघि मल्ले ५४ रनको संयमित अर्धशतकीय पारी खेले ।

युएईको शेख जायद रंगशालामा ८३ बलको सामना गरी मल्लले ६ चौका प्रहार गरे । मल्लले शरद भेषाकरसँग मिलेर ४१ रनको साझेदारी गरे ।

नयाँ ब्याट्सम्यानको रुपमा कप्तान पारस खड्का क्रिजमा आएका छन् । भेषावर ११ रनको व्यक्तिगत स्कोरमा खेलिरहेका छन् ।

यसअघि नेपालले ओपनर दिलिप नाथलाई १६ रनको ब्यक्तिगत स्कोरमा गुमाइसकेको छ ।

     २०७४ मंसिर २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: