२९ फागुन धादिङ -एशियन फेण्डसिप नेटवर्क जापानले जोगीमारामा रहेका चेपाङ विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
धादिङको जोगिमारा –२ पाँचथलीमा रहेको जलकन्या प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक साम्रगी वितरण गरेको हो । एशियन फेण्डसिप नेटवर्क जापानका ५ जना प्रतिनिधिहरु स्वंयम नै आएर विद्यालयमा अध्ययनरत ७८ जना विद्यार्थीहरुलाई पढ्ने पुस्तकका साथै, कापी, कलम लगायतका शैक्षिक सामग्री सहयोग गरेको हो ।
त्यस्तै नेटवर्कले विद्यालयको भवन निर्माणका लागि १० लाख रुपैया सहयोग गरेको छ । विद्यालयमा बन्न लागेको ६ कोठे भवनका लागि ७ लाख नगद दिईसकेको र बाँकी ३ लाख विद्यालयको भवन निर्माण भईसकेपछि दिइने एशियन फेण्डसिप नेटवर्क नेपालका अध्यक्ष गणेशमान लामाले जानकारी दिनुभयो ।