
१६ मंसिर, काठमाडौँ-
एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको चुनावी प्रचारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि देखिएका छन् ।
काठमाडौं– २ का उम्मेदवार नेपालको चुनावी घरदैलोमा शनिबार बिहान सहभागी हुँदै दाहालले संक्षिप्त सम्बोधन गरेका थिए । पुरानो सिनामंगलमा घरदैलोपछि भएको कोणसभामा उनले शान्ति सम्झौतामा नेपालको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै जीतका लागि शुभकामना दिए ।
दाहालले पहिलो चरणका ३७ स्थानमा भएको चुनावमा वामपन्थीको दुई तिहाई आउने बताउँदै स्थिरता, विकास र समृद्धिका लागि आफूहरुबीच एकता भएको बताए ।
अध्यक्ष दाहाल काठमाडौंको चुनावी कार्यक्रम सकेर चितवन फर्किहाल्ने कार्यक्रम छ । चितवनमा हुने अन्तिम चुनावी सभाका लागि एमाले अध्यक्ष ओली झापाबाट चितवन जाने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
२०७४ मंसिर १६ गते प्रकाशित