Fri. Mar 7th, 2025

बार्सिलोनाको प्रभावशाली जित

१४ मंसिर ।
बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम ३२ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा रियल मुर्सियामाथि ५–० को शानदार जित निकाल्दै समग्रमा ८–० को जित सहित अन्तिम १६ मा स्थान बनाएको हो ।
पहिलो लेगमा बार्सिलोना ३–० ले विजयी भएको थियो । घरेलु मैदानमा भएको दोस्रो लेगमा शानदार जित दिलाउने क्रममा बार्सिलोनाका लागि पाको अलकेसर, जेरार्ड पिके, एलेक्स भिडाल, डेनिस स्वारेज र जोसे अर्नाइजले एक एक गोल गरे । राति नै भएको खेलमा जित निकाल्दै सेभिल्ला पनि अन्तिम १६ मा पुगेको छ ।
एथ्लेटिको मड्रिड र लास पालमस पनि अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन । तर एथ्लेटिको बिल्बाओ र रियल सोसिडाड भने अन्तिम ३२ बाटै बाहिरिन बाध्य भएका छन ।
२०७४ मंसिर १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: