Mon. Mar 10th, 2025

सिटौला जिताउन ‘म्याच फिक्सिङ’को चर्चा, झापाको चुनावी माहोलमा सनसनी !

१४ मंसिर, झापा ।
वाम र लोकतान्त्रिक गठबन्धनले मुलुकको चुनावी राजनीति धु्रवीकृत भइरहेका बेला झापामा भने पृथक दृश्य छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलाप्रति आक्रामक छैनन ।

उसैगरी कांग्रेसका अर्का उम्मेदवार विश्वप्रकाश शर्मा पनि वाम दलहरुप्रति आक्रामक छैनन । बरू गठबन्धनको स्वरुप फरक छ । लोकतान्त्रिक गठबन्धनलाई समर्थन गरेको राप्रपाकै महामन्त्री राजेन्द्र लिङ्देन वाम गठबन्धनको समर्थनमा उम्मेदवार छन ।
यसै मेसोमा सिटौला जिताउन ‘म्याच फिक्सिङ’ को चर्चाले झापाको चुनावी माहोलमा सनसनी मच्चाएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार झापाको गौरादहमा ( क्षेत्र नम्बर ५ ) आयोजित आमसभामा एमाले र माओवादी केन्द्रको गठबन्धनविरुद्ध आक्रामक भाषण गरे ।‘कम्युनिस्ट सरकार बने कहिल्यै निर्वाचन नहुने र एकदलीय अधिनायकवाद लाद्ने’दाबी देउवाले गरिरहँदा गृहजिल्लामै रहेका कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कार्यक्रममै गएनन ।

सिटौलाजस्तै अर्का युवा नेता विश्वप्रकाश शर्मा पनि अनुपस्थित भए । जिल्लामा आफ्नै पार्टी नेतृत्व सहभागी कार्यक्रमप्रति उनीहरूको अनुपस्थितिलाई लिएर यतिबेला अनेक कोणबाट चर्चा चलिरहेको छ ।,
आजको कान्तिपुर दैनीकबाट ।
२०७४ मंसिर १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: