
११ मंसिर, काठमाडौँ-
आईसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको तेस्रो स्थानको लागि भएको प्ले अफमा नेपालले हङकङलाई ३६ रनले पराजित गरेको छ । सोमबार भएको खेलमा हङकङमाथिको जितसँगै नेपालले तेस्रो स्थानमा रहेर प्रतियोगिता सकाएको छ ।
थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले दिएको ९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग गरेको हङकङले १९ ओभर ५ बलमा अलआउट हुँदै ५८ रन बनायो । नेपालको कसिलो बलिङसामु हङकङका कुनैपनि ब्याट्सवुमनले उलेख्य रन जोड्न सकेनन । हङकङकी चार्लोटे चानले सर्वा्धिक १३ तथा का यिङ चानले ११ रन जोडिन । यस्तै मारीको हिलले ७ रन बनाईन् । नेपालकी करुणा भण्डारी एक्लैले ३ विकेट लिइन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर ९४ रन बनाएको थियो । हङकङविरुद्ध खराब सुरुवात गरेपनि मध्यक्रमको ब्याट्वुमन टिकेर खेलेपछि नेपालले सम्मान जनक स्कोर बनाएको थियो । नेपालले मात्र ७ रन जोड्दा ओपनर सिता राना मगर ३ तथा ज्योति पाण्डे २ रनमा गुमाएको थियो । तर, क्रिजमा टिकेर खेलेकी नेरी थापाले ३८ रन जोड्दै नेपालको पारी उकासेकी थिइन् ।
यस्तै कप्तान रुविना क्षेत्री १५ तथा करुणा भण्डारी १४ रनमा अविजित रहिन् । त्यसबाहेक नेपालकी काजोल श्रेष्ठ १२ रन बनाएर पेभेलियन फर्किदा रिता कुमारी कनौजिया पनि २ रनमा आउट भईन् । हङकङकी मारीको हिल र मारिनाले समान दुई दुई विकेट लिदा चार्लोटे चानले एक विकेट लिए ।
२०७४ मंसिर ११ गते प्रकाशित