Fri. Mar 7th, 2025

नेपालले चीनलाई ५० रनले हरायो

१० मंसिर, काठमाडौँ–

आइसिसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले हराएको छ ।

१ सय ३ रनको लक्ष्य पछ्याएको चीनलाई १८ ओभर २ बलमा ५२ रनमै अलआउट गर्दै नेपाल विजयी भएको हो । नेपालको जितमा कप्तान रुबिना क्षेत्री र सबनम राईले समान ३–३ तथा सरिता राना मगरले २ र करुणा भण्डारीले एक विकेट लिइन् ।

थाइल्याण्डको बैंककमा पहिले व्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय २ रन बनाएको थियो ।

२०७४ मंसिर १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: