

६ मंसिर, धादिङ –
धादिङको प्रतिनिधिसभा क्षेत्र नं २ मा बामगठबन्धनबाट उम्मेदवार बनेको नेकपा एमालेका खेम लोहनी निर्वाचनका लागि प्रचारमा व्यस्त छन् । समृद्ध धादिङमा निर्माण गर्ने परिकल्पना सहित गाउँगाउँमा मतदातासँग भेटघाटमा लागि परेका छन् ।
लोहनीले समृद्ध धादिङ बनाउने एजेण्डादेखि पुननिर्माण, सडह, विजुलीबत्तीका विषयलाई प्राथमिकतामा राखेका छन् । पुस्तौंदेखि क्रमिक रुपमा आ–आफ्नो चहाना र इच्छा अनुसारको आवास निमार्ण गरि बस्दै धादिङवासी बैशाख १२ मा आएको विनाशकारी भुकम्पले आवास विहिन बनाई दियो ।
आवास विहिन नागरिकको आवस सम्वन्धी हक अधिकारलाई सनिश्चित गर्न किसान मैत्री आवास निमार्ण गर्ने काम पहिलो प्राथमिकतामा राखेको छ । छिटो छरितो प्रक्रियाबाट लाभग्राहीलाई राज्यले दिने नगदसहितका अन्य सुविधा दिलाउने छु । भुकम्पले कारण चिरा चिरा भएका जमिन र पहिरो कारण विस्तापितहरुको पूर्नवासका लािग उपयुक्त स्थानमा आवास निमार्ण गर्न जग्गा व्यवस्था मिलाउने छु । लाभग्राही सुचिमा नपरेकाहरुको सत्य तथ्य जाँचबुझ गरि आवास पूननिर्माण गर्नु पर्ने वा मर्मतसंभार गरेर बस्न मिल्ने हो सोको प्रवन्ध मिलाउने बाचा गरेका छन् ।
त्यस्तै धादिङवेशी –तिप्लिङ–सोमदाङ सडक निमार्ण कार्य पूरा गरि कालो पत्रे गर्ने र धादिङ–मुलपानी–लापा सडक निमार्ण गर्ने र कालो पत्रे गर्ने छु । प्रत्येक गाउँमा बाटोघाटो निर्माण तथा खानेपानी, सरसफाई प्रदान गर्ने बताएका छन् ।
त्यसैगरी राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजना निमार्णको कामलाई सम्पन्न गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने छु । आयोजना डुवान र प्रभावितको घरजग्गाको उचित मुअव्जा एक वर्ष भित्र दिलाउन पहल गर्ने । आयोजना क्षेत्र भित्र चक्रपथ निमार्ण, आवास क्षेत्र निधारर्ण, जग्गा ढुवान क्षेत्रका मानिसलाई सरल मूल्यमा उपलव्ध गराउनु मेरो भुमिका हुने छ । आयोजना निमार्णले धादिङको आर्थिक सम्वृद्धिको ढोका खाल्ने छ । हजारौ हजार पर्यटकहरुको मुख्य गन्तव्य बन्ने बताएका छन् ।
२०७४ मंसिर ६ गते प्रकाशित