
६ मंसिर, धादिङ –
धादिङको प्रतिनिधिसभा क्षेत्र नं २ लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेको दिलमान पाख्रिनले उत्तरी क्षेत्रमा मोटबाटो पु¥याउनेदेखि भूकम्प पीडितको बस्ती निर्माण गर्ने अजेण्डा बनाएका छन् । लामो संघर्षबाट जनताको प्रतिनिधिहरुबाट लेखिएको संविधान कार्यान्वयन पहिलो दायित्व हुने बताएका छन् ।
संविधान कार्यान्वयन गर्ने क्रममा भौतिक पूर्वाधार नियमित कार्यक्रममा पर्छ । मेरो निर्वाचन सुगम र दुर्गम दुवै पर्छ । सुगम र र्दुगम जोड्न मोटरबाटो आवश्यक हुन्छ । धादिङ तिप्लिङ सडक प्राथमिकताका साथ निमार्ण गर्ने र अन्य बस्तीस्तरमा समेत सडक विस्तार गर्छु । भूकम्प पछि खानेपानी समस्या देखिएको भएकाले समाधानका लागि योजना अघि सार्नका लागि उम्मेदवार बनेको छु, उनले भने ।
हिमाली क्षेत्रमा पाईने गडीवुटी संकलन तथा प्रशोधन र प्रवद्र्धनमा विशेष कार्यक्रम ल्याउँनेछु । जसका कारण हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायलाई रोजगारी तथा आर्थिक सम्वृद्धिमा वल पुग्ने छ । रुवीभ्यालीमा पाइने रत्न पत्थर संकलन तथा प्रशोधन उद्योग सञ्चालनको व्यवस्था मिलाउने छु । त्यसबाट राज्य र जनतालाई प्रत्यक्ष फाईदा पुग्ने छ ।
कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउने जनचाहना अनुसार कार्यक्रम ल्याउने र यूवाहरुलाई स्वदेशमै रोजगारको अबसर जुटाउनेमा प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।उनी चुनाव प्रचारप्रसारका लागि गाउँबस्तीहरुमा व्यस्त भएका छन् ।
२०७४ मंसिर ६ गते प्रकाशित