मंसिर ६ ।
रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिग फुटबलमा आफ्नै कीर्तिमान भंग गरेका छन । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा साबिक विजेता रियल मड्रिडले एपोइल निकोसियालाई ६–० ले हरायो ।
अवे मैदानमा भएको खेलमा रियल मड्रिडलाई प्रभावशाली जित दिलाउने क्रममा करिम बेन्जिमा र क्रिष्टियानो रोनाल्डोले दुई दुई तथा लुका मोड्रिक र नाचोले एक एक गोल गरे । रियलले पहिलो हाफमा चार गोल ग¥र्यो भने दोस्रो हाफमा थप दुई गोल । यो सिजन ला लिगामा गोलका लागि संघर्ष गरिरहेका रोनाल्डोले च्याम्पियन्स लिगमा भने राम्रो प्रदर्शन गरेका छन । उनले मंगलबार रातिको खेलमा दुई गोल गरे ।
ला लिगामा एक गोल गरेका रोनाल्डोले च्याम्पियन्स लिगको समूह चरणका पाँच खेलमा ८ गोल गरेका छन । उनी एक वर्षभित्र च्याम्पियन्स लिगमा १८ गोल गर्ने पहिलो खेलाडी पनि बनेका उज्यालो अनलाईले खबर लेखेको छ । गएको सिजन च्याम्पियन्स लिगमा १२ गोल गरेका रोनाल्डोले यो सिजन ८ गोल गरिसकेका छन । गएको सिजनका १२ गोलमा सन २०१७ मा रोनाल्डोल १० गोल गरेका थिए । यस्तै यो सिजन गरेका ८ गोलसहित सन २०१७ मा रोनाल्डोले १८ गोल गरेका छन । उनले यसअघि एक वर्षमा रोनाल्डोले च्याम्पियन्स लिगमा १६ गोल गरेका थिए । रोनाल्डोले यो वर्ष १८ गोल गर्दै आफ्नै कीर्तिमान भंग गरेका हुन ।
२०७४ मंसिर ६ गते प्रकाािशत ।