Tue. Mar 11th, 2025

पुननिर्माण पहिलो प्राथमिकता : भूमि त्रिपाठी

५ मंसिर, धादिङ –

धादिङको प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार भूमि त्रिपाठीले पुननिर्माणमा जोड दिने बताएका छन् । ‘हामी भूकम्पबाट अहिलेपनि थिलथिलो भएका छौँ । भुकम्प पीडित जनता अहिलेपनि टहरामा नै छन् । उनीहरुलाई सुरक्षित स्थानमा भुकम्प प्रतिरोधी आवास निमार्ण गर्ने काम पहिलो प्रथामिकता हुनेछ’, त्रिपाठीले भने । अझपनि केही परिवारहरुको लाभग्राहीमा नाम छुटेको छ । ती छुटेका परिवारहरुलाई पनि लाभग्राही सुचिकृत गरि पूर्ननिमार्ण महाअभियानमा समाहित गरिने छ ।

एमाले जिल्ला अध्यक्ष समेत रहेका त्रिपाठीले आफ्नो प्रतिस्पर्धी नै कोही नभएको बताएका छन् । नेपाली जनताले आफूलाई ढुक्क भएर मतदान गर्नेमा उनी आशाबादी छन् । आफू पार्टीको इमान्दार कार्यकर्ता भएको दाबी गर्दै उनले राजनीति मुद्धा भन्दा पनि आर्थिक मुद्धामा जोड दिने बताए । धादिङलाई आर्थिक समृद्धी तर्फ लैजान विशेष जोड दिने र सुन्दर धादिङको परिकल्पना निर्माण सँगै निर्वाचनमा होमिएको बताए ।

सबै जनतालाई स्वच्छ खानेपानी र पूर्ण सरसफाई युक्त क्षेत्र बनाउने काम कार्यकाल भित्र गर्ने उनको प्रतिबद्धता छ । गल्छी हँुदै काठमाडौँ जाने रेलमार्गलाई विस्तारमा जोड दिने उनले बाचा गरेका छन् । राजधानी नजिकै भएर पनि विकास पूर्वाधारमा धेरै पछाडि रहेको बताउँदै जनजीविकासंग जोडिएका आधारभुत आवश्यकताहरु खाद्य, आवास, शिक्षा, स्वास्थ्य, खानेपानी, विजुली र सडक सर्वसाधरणको पहुँचसम्म पु¥याउने बताएका छन् । संविधानले व्यवस्था गरेको भौलिक हकहरु कानून बनाएर न्यायमा सर्वसाधरणको पहुँचसम्म पु¥याउने व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ । निर्वाचन क्षेत्रस्तरीय सरकारी अस्पताल बनाउने छु । प्रत्येक वडास्तरमा स्वास्थ्य केन्द्र बनाउने उनको प्रतिबद्धता छ ।

न्यूनवर्गिय किसान तथा चेपाङ समुदाय जो विकासको मूलप्रवाह वाहिर रहेका छन् उनीहरुलाई विकासको मूलप्रवाहमा ल्याउन सहभातिामूलक योजना तर्जुमा गरि कार्यान्वयन गर्ने बताएका छन् । किसानलाई व्यावसायिकिकरण गर्न आधुनिक कृषि औजार , मल, वीउ र नगद अनुदान दिएर कृषिको औद्योगिकरण गर्ने र सवै परिवारको आर्थिक समवृद्धि गर्नु मेरो मूख्य भूमिका हुने छ । धादिङको खाद्य, तरकारी तथा फलफूल अग्यानिक उत्पादन गरि काठमाण्र्डौ, पोखरा सहितका शहरमा विक्री गर्न खानीखोला धार्के महादेववेही सिम्ले, वैरेनी, आदमघाट, घाटवेशी, गजुरी, मलेखु, रिचोकटार, सलाङघाट, वेनीघाट, चरौदी मझिमटारमा संकलन केन्द्र र उत्पादन बढी गर्ने स्थानमा शितभण्डार समेत निमार्ण गर्ने व्यवस्था मिलाउने त्रिपाठीले बताए ।

२०७४ मंसिर ५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: