
४ मंसिर, काठमाडौं–
आइसीसी वुमन्स वर्ल्ड टी-२० क्वालिफायर एसिया अन्तर्गत पहिलो खेलमा नेपालले सोमबार आयोजक थाइल्याण्डसँग खेल्दैछ ।
नेपाल र थाइल्याण्डसँगै हङकङ, चीन, मलेसिया र युएई गरी प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । नेपाल र थाइल्याण्ड बीचको खेल बैंकस्थित टेर्डथाइ क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार दिउँसो सबा ३ बजे शुरु हुनेछ।
यस प्रतियोगिताको लागि नेपाली महिला टोलीले एक साता बंगलादेश टूर गरेको थियो। जहाँ नेपालले चार अभ्यास खेल खेलेको थियो। त्यसमा स्थानिय टोलीलाई पराजित गरेको नेपाल बंगलादेशको राष्ट्रिय टोलीसँग भने हारेको थियो ।
२०७४ मंसिर ४ गत प्रकाशित