Mon. Jan 27th, 2025

ढुक्क भएर भोट हाल्नुस् सुरक्षा व्यवस्थापनको जिम्मा हामी दिन्छौँ : प्रजिअ भण्डारी (भिडियो सहित)

मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयारी तीब्र बनाएको छ । निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत निर्धारण गरि तालिम समेत प्रदान गरिएको छ । निर्वाचनलाई शान्त, भयरहित बनाउनका लागि प्रहरी, म्यादीप्रहरी पनि खटाइसकेको छ । निर्वाचनका विविध विषयमा धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीसँग पाविलन्यूज डटकमले गरेको कुराकानीको सारसंक्षेप

 

निर्वाचनका लागि सुरक्षा व्यवस्था कसरी मिलाइएको छ ।

धादिङ जिल्लालाई विगतका इतिहास हेर्दा पनि सबैले सुरक्षाको हिसावले निर्वाचन अति संवेदनशिल हुन्छ कि भन्ने आशंका गरिएको छ । म सुरुमा आएदेखि नै निर्वाचनलाई फोकस गरेर हामीले सुरक्षा व्यवस्थाहरु राम्रो गरेको अवस्था छ । आजकै हिसाबमा भन्नुपर्दा पनि धादिङको उत्तरी भेग र दक्षिणी भेगमा शसस्त्र प्रहरी, फौजीहरु मतदान स्थलका क्षेत्रहरुमा खटिसकेका छन् । त्यसैगरी नेपाल प्रहरीका बाहिरवाट आएका सुरक्षा फौजीहरुलाई दुर्गम दार्खाको लागि डुन्डुरेको लागि त्यसैगरी रुविभ्यालीको लागि सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । र अहिले समग्र हिसावमा हेर्दा राजनितीक दलहरुसंग सर्वदलिय वैठक गरेर सहमती गरेर मनोनयन देखी आजका दिनसम्म धादिङ एकदम शान्तिपुर्ण रहेको छ । भोलिका दिनमा पनि यो शान्तिपुर्ण रुपमा रहनेछ । हामीसंग पर्याप्त सुरक्षा फौजहरु छन् । हामीले माग गरे अनुसार आएको छ हामीले यसका लागि जिल्ला निर्वाचन सुरक्षा योजना वनाएर स्वीकृत गरेर कार्यन्वयन गरिसकेका छौ । यस हिसावले धादिङका सम्पुर्ण मतदाताहरुलाई यो विश्वस्त दिलाउन चाहन्छु की निर्वाचनको समयमा जिल्ला प्रशाशन कार्यालय , जिल्ला प्रहरी कार्यालय , शसस्त्र प्रहरी बल नेपाल ,नेपाली सेना लगाएत जिल्ला अनुसन्धान कार्यालय धादिङ सवै हामी सुरक्षा समितिका सदस्यहरु बसेर जिल्ला निर्वाचन योजना पास गरेर यसलाई कसरी हुन्छ विगतका कमी कमजोरीहरुलाई दोहोरिन नदिन जिल्ला सुरक्षा योजना निर्माण गरेर कार्यान्वयन गरेको अवस्था छ । यसले गर्दा चै धादिङको निर्वाचन एकदम शान्तिपुर्ण रुपमा हुनेमा हामी विश्वस्त छौ र हामी धादिङका मतदाताहरुलाई पनि सुरक्षा व्यवस्थाको हिसावले चिन्तित नहुन आग्रह गर्दछु ।

राजनिती दलहरु भित्र दुई लोकतान्त्रिक र बाम गठवन्धनहरुले आ आफ्नो हिसावले भुगोललाई विभाजन गरेर सुरक्षा चुनौतीहरु भएको भनेका छन्,त्यो क्षेत्रमा तपाईको नजर पुगेका छन् कि छैनन् ?

 

म आफै पनि धादिङ जिल्लाका दुर्गम क्षेत्रहरुमा म आफै निर्वाचन अधिकृत ज्युहरु, मुख्य निर्वाचन अधिकृतहरु सहितको टोली लिएर दुर्गम क्षेत्रहरुमा पुगेको छु, त्यहाँ कतिपय मतदान स्थलहरु खुल्ला चौर भएको अथवा भौतिक संरचनाहरुले पनि अलि कमी भएको ठाउहरु देखेका छौ त्यस्ता ठाउहरुमा सुरक्षा व्यवस्था पठाउदा पनि अलि थप मदत पठाउने, स्थानिय तहहरुसंग पनि समन्वय गरेका छौ त्यसैले आगामी निर्वाचन एकदम स्वच्छ निष्पक्ष र भएरहित हुनेमा विश्वस्त रहेका छौ ।

भुगोलको हिसावले मतपेटीका मुख्य निर्वाचनको कार्यालयवाट कर्मचारीहरु खटिएर जाँदा केहि कर्मचारीहरु सुगम भुगोलमा जानुहुन्छ र केहि कर्मचारीहरु दुर्गम भुगोलहरुमा जानुहुन्छ, जहाँ मोटरबाटो छैन यो बाटोको सुरक्षा संवेदनशिलतालाई कसरी हेर्नुहुन्छ ?

हामी निर्वाचन सामाग्री लिएर जाँदा सुरक्षाकर्मी सहित जान्छौ र फर्किदाँ पनि मतपेटिका ढुवानीको भिन्दै योजना वनाएर गृहमन्त्रालयमा पठाईसकेका छौ, हामी सुरक्षा समितिमा पनि छलफल गरिसकेका अवस्था छ । हाम्रो दुर्गम भनेको १२ वटा मतदान स्थलहरु रुवीभ्यालीका आठ वटा मतदान स्थलहरु ग्ंगजमुनाका २ वटा मतदान स्थलहरु र खनियावास गाउँपालिकामा २ वटा मतदान स्थलहरु रहेका छन् । त्यी स्थानहरुमा सवारी साधनहरु नपुग्ने भएकाले ति क्षेत्रमा हेलिकप्टरमा संकलन गर्ने योजना बनाएका छौ । यो भोलिका दिनमा समन्वय गर्ने योजना बनाएका छौ । यदि समन्वय भएन भने सुरक्षाकर्मी सहित एउटा कुनै ठाउँमा संकलन गर्ने योजना बनाएका छौ । जस्तै रुविभ्याली गाउँपालिकाका मतपेटिकाहरु डुन्डुरेसम्म लेराउने व्यवस्था गरेका छौ अन्यत्रमा भने हाम्रो सवारी साधन पुग्ने अवस्था छ आधा घण्टा १ घण्टा हिडेर पुग्ने स्थानमा सुरक्षाकर्मी सहित मतपेटिकाहरु मतदान अधिकृतहरुले संकलन गरेर लेराउनुहुन्छ त्यसपछि सवारी साधनको माध्यमवाट मुख्य निर्वाचनको कार्यालयर निर्वाचन अधिकृतको कार्यालयमा संकलन गर्ने व्यवस्था गर्नेछौ ।

 

जतिखेर निर्वाचनको मौन समय सुरु हुन्छ, त्यतिखेर नदेखिने किसिमले निर्वाचन आचारसंहिताहरु उल्लघन हुन्छ भनेर विगतको चुनावको अभ्यासले देखाएको छ , अहिले निर्वाचन आचारसंहिता उल्लघनको कसरी अभिलेख भएकोे छ, यस्ता घटनाहरु भएका छन् की छैनन् र यस्ता घटनाहरु हुन नदिनको लागि तपाईहरुको सक्रियता कस्तो छ ?

 

निर्वाचन आचारसंहिताको लागि हामी सुरुदेखि नै सहज भएका छौ, मनोनयनको भोलिपल्ट नै हामीले सर्वदलिय वैठकहरु ग¥यौ त्यसपछि उहाँहरुले समय लिएर उम्मेद्धारहरुसंग नै बसेर छलफल ग¥यौ त्यहाँ उहाँहरुले विगतका निर्वाचनहरुमा निर्वाचन आचारसंहिता विपरीत चुनाव चिन्ह अंकित गञ्जि, टोपीहरु बाढेको पाईएको थियो । अहिलेको निर्वाचनमा यस्तो कार्य हुन नदिनको लागि निर्वाचन कार्यालयले तयार पारेको आचारसंहिता पढेर सुनायौ यसमा हामी सवै प्रतिवद्ध छौ भनेर सवै उम्मेद्धारहरुले भन्नुभयो, यसैगरी धादिङमा गैरसरकारी कार्यालयको क्रियाकलापहरु वढि हुने भएकोले यसले पनि निर्वाचनलाई असर गर्ने भएकोले जिल्लाका सम्पुर्ण गैरसरकारी कार्यालयका सम्पुर्ण व्यक्तिहरुसंग बसेर जसरी हो निर्वाचनलाई सफल वनाउन उहाहरुले पनि सहयोग गर्नुभएको छ । अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने निर्वाचनको लागि आचारसंहिताको पालना हामीसंग केन्द्रवाट आउनुभएको दुईजना सहसचिवहरु आउनुभएको छ उहाँहरुले पनि धादिङमा निर्वाचनको तयारी राम्रो भएको बताउनुभएको छ र राजनितीक दलका नेताहरुले पनि आचारसंहिता पुर्ण रुपमा पालना गर्ने प्रतिवद्धता गर्नुभएको छ । अन्य जिल्लाको तुलनामा हेर्दा धादिङमा राम्रो भएको पनि सुन्नमा आएको छ । र लिखित उजुरी त एउटा मात्र छ फोनमा आएका उजुरीहरुलाई नि प्रथमिकता दिई कार्वाहिका प्रक्रिया चालेका छौ, यसका लागि नेपाल प्रहरीले पनि सहयोग गरेको छ राजमार्गमा देखिएका सार्वजनिक स्थलहरुमा राखेका पम्पलेटहरुलाई झिकेका छौ अहिलेको अवस्था हेर्दा धादिङको आचारसंहिता सन्तोषजनक रहेको छ भनेर मान्न सकिन्छ ।

 

निर्वाचनमा खटिएका कर्मचारीहरुमा राजनितिक प्रभाव देखिएको भन्ने गुनासो छ, निर्वाचनमा खटिएका कर्मचारीहरु त्यस्तो छैन है भनेर विश्वासको वातावरण कसरी तयार पार्नुभएको छ ?

 

विगतका निर्वाचनमा कर्मचारी समायोजनमा केहि कमी कमजोरी भएको पनि सुन्यौ यो कुरालाई निर्वाचन कार्यालयले पनि मनन गरेर यसपालीको जनशक्ति व्यवस्थापन निर्देशिकामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अलि जनशक्ति वढि हुने शिक्षा क्षेत्रको हुदा त्यहाका जिल्ला शिक्षा अधिकारी, बरिष्ठ स्वास्थ्य अधिकृत यसैगरी स्थानिय विकास अधिकारी, कोष लेखा नियन्त्रक प्रमुख र जिल्ला निर्वाचन अधिकृतको एउटा समुह बनेको छ । जसले चै मतदानमा खटिने कर्मचारीहरुलाई मतदान अधिकृत र साहायक मतदान अधिकृतहरु कोहि राजनितीक रुपवाट सक्रिय छन् भने उनिहरुलाई पहिले नै नियम बनाउने छौ । विगतका कमी कमजोरीलाई सुधार्नुपर्छ भनेर लागि परेका छौ । मतदान अधिकृत र साहायक मतदान अधिकृतको एक चरणको तालिम सम्पन्न गरिसकेका छौ हामीले उहाहरुलाई भनिसकेका छौ कि यदि तपाईहरु कुनै दल तथा पार्टीसंग केन्द्रित हुनुहुन्छ भने आफै घोषणा गरेर निस्किनुहोला भनेपछि अहिले सम्म नभएको अवस्था छ । र कर्मचारीहरुलाई पनि कडा निर्देशन दिएको छु तपाईहरुको गल्तिका कारण भोली निर्वाचनमा कुनै विवाद हुन नहोस भनेर विगतका कमी कमजोरी हरु नदोहोरियोस भनेर हामी पुर्ण रुपमा सचेत छौ ।

 

 जनमानसमा मतदाता शिक्षा अलि कमजोर भएको गुनासो छ नी जहिले पनि काम गर्ने भन्दा कुरा धेरै छ यसलाई प्रभावकारी बनाउन केहि निर्देशन दिनुभएको छ ?

 

मतदाता शिक्षा निर्वाचन कार्यालयले नियुक्ति गरेका स्वंयमसेविकाबाट मात्र प्रभावकारी हुन्छ भन्नेमा पुर्ण विश्वाश छैन, यसको लागि राजनितीक दलहरु अथवा उम्मेदवारहरु र कार्यकर्ताहरु र नागरिक समाज संचार जगतका भुमिका सवैको उत्तिकै हुुन्छ यो समग्रतामा आउने कुरा हो र विगतमा स्थानिय तहको निकै जटिल निर्वाचन गरेर आएका छौ मतदाताहरुले लाएका स्वस्तिक छापहरुलाई हेर्ने हो भने अत्यन्तै सहज भएर मतदाता शिक्षा त्यहानी सुदृढ भएको देख्न सकिन्छ । र अहिले प्रतिनिधिसभा र प्रदेशसभा र समानुपातिकको मतपत्र भिन्दै हुने भएकोले पनि सहज छ । मतदाता संवयसेविकाहरुलाई पनि तालिम दिएर २७५ निर्वाचन केन्द्रमा पठाईसकेको छ त्यसले पनि केहि सहयोग पु¥याउछ । तथापी मतदाता शिक्षालाई अझ प्रभावकारी वनाउन उम्मेदवारले भोट माग्न जादा सिकाएका कुराहरुले पनि प्रभावकारी भएको अवस्था छ । मलाई लाग्छ यो पटक मत वदर न्युन प्रतिशत हुन्छ होला भन्ने छ ।

https://youtu.be/jZlUIEFdH08

२०७४ मंसिर ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: