
३० कात्तिक, काठमाडौँ
आगामी वर्ष रुसमा हुने फिफा विश्वकप फुटबलमा सहभागि हुने सबै ३२ राष्ट्रको टुङ्गो लागेको छ ।
विश्वकप छनोट अन्तर्गत बिहीबार अन्तर महादेशीय प्लेअफको दोस्रो लेगमा पेरु र न्युजिल्यान्डबीचको खेल सकिएसँगै विश्वकप खेल्ने ३२ राष्ट्रको तय भएको हो । अन्तर महादेशीय प्लेअफमा न्युजिल्यान्डलाई समग्रमा २–० ले पराजित गर्दै पेरुले विश्वकपमा स्थान पक्का गरेको हो । पेरु रुस विश्वकपमा छनोट हुने ३२ औं राष्ट्र समेत बन्यो ।
आगामी वर्ष रुसमा हुने विश्वकपका लागि फिफाको ६ महादेशबाट छनोट खेलेका २०९ राष्ट्रबाट ३२ टोलीको टुंगो लागेको हो । यो पटक युरोपबाट १४ राष्ट्र छनोट हुँदा एसिया र अफ्रिकाबाट समान ५–५ देश छनोट भएको छ ।
त्यस्तै दक्षिण अमेरिकाबाट पनि ५ टोलीले विश्वकपमा स्थान बनाउँदा उत्तर अमेरिकाबाट ३ टोलीले विश्वकपमा स्थान बनायो । यो पटक ओसियाना क्षेत्रबाट कुनै पनि टोलीले विश्वकपमा स्थान बनाउन सकेन ।
विश्वकपमा छनोट भएका राष्ट्रः
युरोप : रुस, जर्मनी, इंगल्याण्ड, पोर्चुगल, फ्रान्स, स्पेन, बेल्जियम,पोल्याण्ड, आइसल्याण्ड, सर्विया, स्वीट्जरल्याण्ड, क्रोएसिया, डेनमार्क, स्वीडेन
एसिया : जापान, दक्षिण कोरिया, साउदी अरेबिया, इरान, अष्ट्रेलिया
दक्षिण अमेरिका : ब्राजिल, अर्जे्न्टिना, उरुग्वे, कोलम्बिया, पेरु
अफ्रिका : इजिप्ट,नाइजेरिया, सेनेगल, मोरोक्को, ट्युनिसिया
उत्तर अमेरिका : मेक्सिको, कोस्टारिका, पनामा
२०७४ कात्तिक ३० गते प्रकाशित