Fri. Mar 7th, 2025

नेपालले मलेसियालाई ८ विकेटले हरायो

२८ कात्तिक, काठमाडौँ–

मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियालाई ८ विकेटले हराएको छ ।

मलेसियाले नेपाललाई दिको ४६ रनको लक्ष्य ५.२ ओभरमा दुई विकेट गुमाएरसहजै भेट्टाएको हो । । मलेसियाको घरेलु मैदान बायुमास ओभलमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो ।

नेपालले फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाइ ४५ रन बनाएको थियो । सुरुमा निकै आक्रमक व्याटिङ गरेको मलेसियाले ५.४ ओभरमा ३३ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । ११.६ ओभरमा ४१ रन बनाउँदा ९ विकेट गुमाएको थियो भने ४५ रन बनाउँदा सबै विकेट गुमायो

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए । दिपेन्द्रसिंह ऐरी र साहब आलमले समान २–२ विकेट लिए भने अनिकुमार शाहले १ विकेट लिएका थिए ।

नेपालका लागि अनलिकुमार शाहले १५ बलमा २६, दीपेन्द्र ऐरीले ३ बलमा १२, आसिफ शेखले १४ बलमा ४, भीम सार्की १ बलमा तीन रन बनाएर लक्ष्य सहजै भेट्टाए ।

२०७४ कात्तिक २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: