Fri. Mar 7th, 2025

नेपाल आज फिलिपिन्ससँग खेल्दै

२८ कात्तिक, काठमाडौँ-

एसिया कप फुटबलको छनौटमा नेपालले आफ्नो पाँचौँ खेल फिलिपिन्ससँग खेल्दै छ । खेल मंगल बार दिउँसो २ बजे एन्फा कम्लेक्स सातदोबाटोमा हुनेछ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले विगतका कमजोरीलाई सुधार गर्दै प्रतियोगितामा जित हाँसिल गर्ने लक्ष्य लिएको बताएका छन् । उनले प्रशिक्षणको क्रममा केही खेलाडी चोटग्रस्त भएकाले उनीहरुको अनुपस्थितिमा खेल रणनीति केही परिवर्तन गर्ने पनि बताएका छन् ।

यसअघि गएको चैतमा भएको अवे खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४–१ ले पराजित भएको थियो । छनौट चरणमा एक खेल पनि जित्न नसकेको नेपाल छनौट चरणबाट गणितीय हिसाबबाट बाहिरिइसकेको छ । नेपालको एक अंक मात्र छ ।

यसअघि चार खेलेको फिलिपिन्स आठ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेल खेलेको यमन ६ अंकसहित दोस्रो स्थानमा छ । त्यसैगरी ६ अंक नै जोडेको ताजिकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ ।

२०७४ कात्तिक २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: