
२७ कात्तिक, काठमाडौँ–
आइसीसी वुमन्स टी २० वर्ल्ड कप एसियन कप क्वालिफायरको तयारीका लागि बंगलादेश भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले अभ्यास खेलमा जित हात पारेको छ।
आइतबार भएको पहिलो खेलमा नेपाली महिला टोलीले बंगलादेश क्रिअ शिखा प्रोतिष्ठान ९बिकेएसपी०लाई ६ विकेटले पराजित गरेको हो । नेपालले बिकेएसपीसँग चार खेलको टी २० सिरिज खेल्नेछ।
पहिले ब्याटिङ गरेको घरेलु टोली बिकेएसपीले १९.५ ओभरमा अलआउट हुँदै ६९ रन मात्र बनाएको थियो । जवाफमा नेपालले ४ विकेट गुमाएर ४ बल अगावै ७२ रन बनाउँदै खेल जितेको हो। नेपालको जितमा ज्योती पाण्डेले नटआउट ३४ रन बनाइन्।
२०७४ कात्तिक २७ गते प्रकाशित