२७ कात्तिक, बगदाद ।
इरान र इराकको सीमा क्षेत्रमा ७.२ रेक्टरको भूकम्प जाँदा ६१ जनाको मृत्यु भएको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार भूकम्पबाट कयौं हताहत भएका छन । ३ सय बढी व्यक्ति घाइते भएका बीबीसीले लेखेको छ ।
भूकम्पका कारण बिजुली आपूर्ति बन्द भएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु इराकको हलब्जाबाट दक्षिण–पश्चिम ३२ किलोमिटर टाढा पर्दछ । भूकम्पको धक्का धेरै प्रान्तहरुमा महसुस गरिएको थियो ।
२०७४ कार्तिक २७ गते प्रकाशित