२६ कात्तिक, धादिङ –
धादिङको गजुरी गाउँपालिका वडा नम्बर १,२ र ३ लाई पुर्ण खोप घोषणा गरिएको छ ।
पूर्ण खोप सुरक्षित भविश्य, स्थानीय स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता गजुरी बासीको प्रतिबद्दता भन्ने मुल नाराका साथ एक कार्यक्रमको आयोजना गरि पूर्ण खोप घोषणा गरिएको हो । गजुरी प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख महेश्वर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
गजुरी गाउँ पालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत र उपाध्यक्ष सीता ढुङ्गानाको विशेष आतिथ्यता रहेको कार्यक्रममा गजुरी गाउपालिका स्वास्थ्य संयोजक डाक्टर रामहरी रेग्मी, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सुनिता तिमिल्सिना र शान्ती नेपालका कार्यक्रम सम्योजक लाल प्रसाद पोख्रेलको आतिथ्यता रहेको थियो ।
यसै गरि कार्यक्रममा आदर्श उच्च माध्यमिक विध्यालयका प्रधानाध्यापक, महेन्द्रोदय माध्यमिक विध्यालयका प्रधानाध्यापक र विभिन्न सङ्घ सस्थाका प्रतिनिधिको आतिथ्यता रहेको थियो । साबिकको गजुरी गाउँ बिकास समितिका दुई बर्ष मुनिका ३ सय ५४ बालबालिकाले पुर्ण मात्रामा खोप लगाएकाले पुर्ण खोप घोषणा गरिएको हो ।
गजुरी गाउपालिका र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रको आयोजनामा भएको कार्यक्रममा महिला स्वास्थ्य स्वयम् सेविका, आमा समुह, स्थानिय विद्द्यालयका प्रमुख तथा प्रतिनिधि र स्थानिय समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।
२०७४ कात्तिक २६ गते प्रकाशित